प्रतिबन्धित लागूऔषध सहित रत्ननगरबाट २ जना पक्राउ
चितवन । चितवनको रत्ननगरबाट प्रहरीले प्रतिबन्धित अवैध लागूऔषध सहित २ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका अनुसार अवैध लागूऔषध (गाँजा) बिक्रीबितरण भइरहेको भन्ने विशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले रत्ननगर नगरपालिका वडा नम्बर १३ अमेलिया स्थित शेर बहादुर बुढाथोकीको घर तथा कोठामा रितपुर्वक खानतलासी गर्दा डाइजेपाम इन्जेक्सन आइपी, प्रोमिथाजाइन, हाइड्रोक्लोराइड इन्जेक्सन आइपी तथा बुप्रिनोरफ्रीन इन्जेक्सन आइपी लेखिएको तरल पदार्थ सहितको बन्द अवस्थाको डाइजेपाम इन्जेक्सन आइपी ३१ थान , प्रोमिथाजाइन, हाइड्रोक्लोराइड इन्जेक्सन आइपी ३१ थान बुप्रिनोरफ्रीन इन्जेक्सन आइपी ३१ थान गरी ९३ थान एम्पुलसहित शेर बहादुर बुढाथोकी सहित रत्ननगर नगरपालिका वडा नम्बर १४ गैरीगाउँ बस्ने २७ बर्षीया श्याम खड्कालाइ पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै उपर लागु औषध ऐन अन्तर्गतको कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको टाँडी प्रहरीले जनाएको छ । उनीहरु दुबैलाइ अहिले ईलाका प्रहरी कार्यालय रत्ननगरले नियन्त्रणमा राखेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्