माधवपक्षलाई ठाउँ खाली राखेर एमालेले गठन गर्यो ९ वटा विभाग
काठमाडौँ । नेकपा एमालेले ९ वटा विभाग गठन गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय निकाय र विभागहरु बनाएर सदस्यहरूलाई मनोनयन पनि गरेको छ। एमालेले माधव पक्षलाई ठाउँ खाली राख्दै विभागहरुमा मनोनयन गरेको हो।
ज्ञवालीका अनुसार असोज ३ गते देशभरका ६ हजार ७४३ वटा वडामा एकै पटक अधिवेशन गर्ने पनि जानकारी दिए । गठन गरिएका विभागहरुमा २५ सदस्य हुने गरे पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि ठाउँ राखेर मनोनयन गरिएको नेता ज्ञवालीले बताउनुभयो ।
स्थायी कमिटी बैठकको निर्णयानुसार गठित विभागमध्ये स्कूल विभागको प्रमुखमा अध्यक्ष केपी शर्मा ओली रहनुहुने भएको छ । स्कूल विभागमा ११ जना सदस्य चयन गरिएको छ।
यस्तै, उपमहासचिव विष्णु पौडेललाई संगठन विभागको प्रमुखको जिम्मेवारी दिइएको छ। संगठन विभागमा १४ सदस्य रहने जनाइएको छ । संसदीय विभागको प्रमुख सुवासचन्द्र नेम्वाङलाई दिइएको छ भने संसदीय विभागमा १४ जना सदस्य चयन गरिएको जनाइएको छ । आर्थिक विभाग प्रमुखको जिम्मेवारी विष्णु रिमाललाई दिइएको छ । आर्थिक विभागमा हाललाई २ सदस्य चयन गरिएको छ ।
१५ सदस्यीय प्रचार विभागको प्रमुख प्रदीप ज्ञवाली, १४ सदस्यीय पर्यटन प्रवर्द्धन विभागको प्रमुख भानुभक्त ढकाल, १४ सदस्यीय विदेश विभागको प्रमुख राजन भट्टराई, ६ सदस्यीय निर्वाचन विभागको प्रमुख अग्नि खरेल र १४ सदस्यीय स्थानीय तह विभागको प्रमुख देवेन्द्र दाहाललाई बनाइएको छ ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बाँकी विभाग पछि गठन गरिने बताउनुभयो । गठन गरिएका विभागमा पनि सदस्य थप्दै जाने उनको भनाइ छ । एमालेको नियमावलीमा २५ सदस्यीय विभाग बनाउन सकिने व्यवस्था छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एमालेले ९ वटा विभाग गठन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्