मुख्यमन्त्री शंकर पोखरेल असंवैधानिक रुपमा सत्तामा रहेको भन्दै विपक्षी दलहरूले हटाउने तयारी
साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल असंवैधानिक रुपमा सत्तामा कायम रहेको भन्दै विपक्षी दलहरूले हटाउने तयारी गरेका छन् ।
पोखरेललाई हटाएर नयाँ ढङ्गबाट सरकार गठनको माग गर्दै प्रदेश प्रमुखलाई निवेदन दिने तयारी उनीहरूले गरेका छन् । प्रदेशसभामा अल्पमतका बाबजुद मुख्यमन्त्री पोखरेलले सत्ता सञ्चालन गरेको दाबी विपक्षीहरूको छ ।
काँग्रेस, माओवादी केन्द्र लगायतका विपक्षी दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष माग गर्न लागेको बताइएको छ ।
केन्द्रीय सत्ता समीकरणमा भएको फेरबदलसँगै प्रदेश सरकारहरूमा समेत हलचल शुरू भएको छ । सरकारले प्रदेश प्रमुखहरू समेत परिवर्तन गरेर सत्तालाई अस्थिरतातर्फ लैजाने बाटो रोजेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #शंकर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्