मन्त्री छान्न नसकेपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
काठमाडौं, १८ साउन । पार्टीभित्र आकांक्षी धेरै भएका कारण मन्त्री छान्न सकस झेलिरहेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक नै स्थगित भएको छ ।
आज सोमबार दिउँसो ३ बजे बस्न लागेको बैठक स्थगित भएको हो । पार्टी कार्यालय पेरिस डाँडामा बस्ने भनिएको उक्त बैठक तयारी नपुगेकाले स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।
विशेषत सोमबार बस्ने बैठकबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली टुंङ्याउने भनिएको थियो, तर आन्तरिक कुरा नमिलेकाले बैठक स्थगित गरिएको बुझिएको छ ।
मन्त्री बन्ने आकांक्षी धेरै देखिएपछि आधिकारिक निर्णय गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समस्या भइरहेको स्रोतको भनाइ छ । माओवादी केन्द्रले बढीमा सात मन्त्रालय पाउने सम्भावना छ । तर, जनार्दन शर्मा र पम्फा भुसालको नाम सिफारिस गर्दादेखि नै पार्टी भित्र विवाद उत्पन्न भएको थियो ।
सत्तारुढ गठबन्धनका दलहरुभित्र मन्त्री छान्ने विषयमा कुरा नमिल्दा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अझै मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।
क्याटेगोरी : समाचार
ट्याग : #माओवादी केन्द्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्