साङला प्राथमिक स्वास्थ्य केन्द्रमा मृर्गौला डाईलोसिस सेन्टर सञ्चालनमा आउँदै (सम्झौता पत्रसहित)
काठमाडौं । तारकेश्वर नगरपालिकाले साङला प्राथमिक स्वास्थ्य केन्द्रमा मृर्गौला पिडितहरुका लागि हेमोडाइलासिस सेवा सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकामा भएको एक कार्यक्रमबकाबीच राष्ट्रिय मृर्गौला उपचार केन्द्र बनस्थली र तारकेश्वर नगरपालिकाले एमओईमा हस्ताक्षर गरेका छन् ।
राष्ट्रिय मृर्गौला उपचार केन्द्रका निर्देशक डा. ऋषि कुमार काफ्ले लगायतको टिम तारकेश्वर नगरपालिकाको कार्यालयमा आई सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा नगर प्रमुख रामेश्वर बोहरा, उपप्रमुख भवानी डोटेल धिताल, प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साल, सुचना अधिकारी होमनाथ न्यौपाने, नगर स्वास्थ्य शाखाको टिमको उपस्थिति रहेको थियो ।

तारकेश्वरमा हेमोडाइलासिस सेवा सञ्चालनमा ल्याउन विगत ६ वर्षदेखि निरन्तर खटिँदै आएका सामाजिक अभियान्ता ध्रुब राज खड्काको योगदान रहेको छ । खड्काले आजको दिन आफ्नो लागि खुशीको दिन भएको बताएका छन् । नगरपालिकामा स्थापना भएको डाइलासिस सेन्टरमा कोही पनि बिरामी जान नपरोस भनेर मृर्गौला बचाऊँ अभियानमा आफ्नो जीवन अर्पने बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले साङ्ला डाइलासिस सेन्टरमा नगरबासी र छिमेकी नगरपालिका, नुवाकोट र रसुवा जिल्लाका नागरिकहरुले पनि डाइलासिस सेवा लिन पाउने व्यवस्था गरेको बताउनुभएको छ । डाइलासिस सेन्टर दशैं तिहारको आसपासदेखि सञ्चालनमा ल्याउने कार्यमा नगरपालिका लागेको छ । आवश्यक सामान व्यव्स्थापन र स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम दिने कार्य पश्चात डाइलासिस सेन्टर सञ्चालनमा आउनेछ ।

बोहोराले तारकेश्वर नगरपालिका भित्र भएका अहिले १ लाखभन्दा बढि नागरिकहरुले आफ्नो किड्नीको अवस्था परिक्षण आ–आफ्नो वडाको स्वास्थ्य केन्द्रहरुबाट परिक्षण गर्ने व्यवस्था मिलाउन.आफु लागेको बताउनुभएको छ ।
त्यस्तै स्वयम्सेविकाहरुमार्फत् घरदैलो अभियान सञ्चालन गरेर “मृर्गौला बचाउँ” लेखिएको प्लेकार्ड बोकेर जनताको घर घरमा जानुका साथै नगरबासीलाई आफ्नो किड्नीको अवस्था बुझन प्रत्येक स्वास्थ्य संस्थामा गएर जाँच गर्न जनचेतनामुलक कार्यक्रम गरिनेछ ।

राष्ट्रिय मिर्गौला उपचार केन्द्रले मृर्गौला पिडित बिरामीहरुका डाइलोसिस सेन्टर सञ्चालनको काम गर्नुका साथै आवश्यक स्वास्थ्यकर्मीहरुलाई तालिम व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
सम्झौता पत्रसहित






क्याटेगोरी : समाचार
ट्याग : #breaking, #साङला प्राथमिक स्वास्थ्य केन्द्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्