बैंकिङ कसुरको मुद्दामा फरार अधिकारी पक्राउ
चितवन । बैंकिङ कसुरको मुद्दामा ६ महिना देखि फरार रहदै आएका पुर्वी चितवनको खैरहनी नगरपालिकाका एक जनालाइ चितवन प्रहरीले आज (मंगलबार) बिहान पक्राउ गरेको छ ।
सम्मानित उच्च अदालत पाटन हेटौंडाको गत, माघ ३ गतेको फैसलाले ‘बैकिङ कसुरको मुद्दामा ‘७ दिन कैद र दुई लाख रुपैयाँ’ जरीवाना फैसला सुनाई फरार रहदै आएका खैरहनी नगरपालिका वर्डा नम्बर ५ बस्ने ३५ बर्षीया अनिल अधिकारीलाई आज (मंगलबार) बिहान पौने दस बजेको समयमा खैरहनी नगरपालिकाबाटै प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
प्रहरीका अनुसार बैंकिङ कसुरमा फरार रहदै आएका अधिकारीलाई चितवन जिल्लामा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा प्रहरीले निगरानी बढाउँदै आएको र सोही क्रममा खोजतलासमा जुटेको प्रहरीले खैरहनीबाट पक्राउ गरेको बताइएको छ । पक्राउ परेका उनीमाथि थप आवश्यक कार्वाहीका लागी सम्मानित चितवन जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले बैकिङ कसुरकै मुद्दामा फरार रहदै आएका झापाको दमक तथा भरतपुर महानगरपालिका ११ बस्ने एक/एक जनालाई चितवनबाटै पक्राउ गर्न सफल भईसकेको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्