बोनम्यारो रोगबाट पीडित बालकलाई आर्थिक सहयोग
हाम्रो जन्मभूमि संस्थाले बोनम्यारो रोगबाट पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । भगवतीमाइ गाउँपालिका वडा नम्बर(२, बेस्तड़ा दैलेखका ११ वर्षीय बालक सुशील शाहीलाई १ लाख ६३ हजार सहयोग गरेको हो । शाहीको विगत १ वर्षदेखि सिभिल अस्पताल मिनभवन काठमाडांैमा उपचार भइरहेको छ ।
गत वर्षदेखि उक्त रोगबाट पीडित बालकको उपचार गर्नका लागि २५ लाख रकम लाग्ने समाचार मिडियामा आएपछि टिकटकमा संगठित भएर सिन्धुपाल्चोकमा दर्ता भएको हाम्रो जन्मभूमि संस्थाले देश तथा विदेशमा रहेका नेपालीहरुबाट रकम संकलन गरी बालक शाहीलाई नगद हस्तान्तरण गरेको हो ।
निलो आकाश बचत तथा ऋण सहकारी संस्थाका निमनाथ फुुयाँल र हाम्रो जन्मभूमि संस्थाका अध्यक्ष इन्द्र आचार्यले संयुक्त रुपमा रकम हस्तान्तरण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा सल्लाहकार, मानार्थ सदस्य,आजीवन सदस्य लगायतको सहभागीता रहेको थियो भने कार्यक्रम सञ्चालन समितिका सदस्य नारायण श्रेष्ठले गर्नुु भएको थियो । समाजिक सेवामा सर्मपित सस्थाले केही समय अगाडि सिन्धुुपाल्चोकमा आएको बाढीबाट पीडित परिवारहरुलाई २ लाख बराबरको खाद्यान्न सामग्री आर्थिक सहयोग गरेको थियो ।
उक्त संस्थाको सामाजिक कार्य देखेर स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरिरहेका छन् । आगामी दिनमा पीडितहरुलाई सहयोग गर्ने संस्थाका अध्यक्ष आचार्यले जानकारी दिनुभयो । निलो आकाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फुुयाँलले आगामी दिनमा अझै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले संस्थाको यो कार्यले सामाजिक कार्यमा एकजुट भई अगाडि बढ्न अरुलाई पनि प्रेरणा दिएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #बोनम्यारो रोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्