बुढानिलकण्ठ र गोकर्णेश्वर नगरपालिका जोड्ने सुरुङ मार्ग निर्माण हुने
बुढानिलकण्ठ र गोकर्णेश्वर नगरपालिका जोड्ने सुरुङ मार्ग निर्माण हुने भएको छ। बुढानिलकण्ठ नगरपालिकाको वडा नं ४ पासिकोट देखि गोकर्णेश्वर नगरपालिका वडा नं ३ बालुवा जोड्ने करिव ३ सय मिटरको सुरुङ मार्ग निर्माणका लागि बागमती प्रदेस सरकारले तयारी शुरु गरेको हो।
गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा आयोजित एक कार्यक्रममा बोल्दै बागमती प्रदेसका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयालले प्रदेस सरकारको साना सुरुङ निर्माण योजना अन्तर्गत बुढानिलकण्ठ -गोकर्णेश्वर ,शांखु – फट्केश्वर सुरुङ निर्माणको प्रक्रिया शुरु भएको जानकारी दिएका छन।
नेपालको पहिलो चुरियामाई सुरुङ पुनर्निर्माणका लागि टेन्डर भैसकेको जानकारी दिदै मन्त्रि फुयालले काठमाण्डौ उपत्यकाको उत्तरी पर्वत शृंखलाको प्रवर्धनमा बुढानिलकण्ठ -गोकर्णेश्वर सुरुङ निर्माणले ठुलो सहयोग गर्ने धारणा राखेका थिए।
आगामी माघ १ गते अगाडी नै सुरुङ मार्ग निर्माणको प्राविधिक अध्ययन शुरु भैसक्ने जानकारी दिदै उनले तारेभिर ,कागेश्वरी र मणिचुड क्षेत्रमा रक गार्डेन र रक क्लाइबिङ्गको पूर्वाधार निर्माणका लागि बजेट व्यवस्थापन गरिएको जानकारी दिएका छन्।
त्यस्तै गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा विधुतीय शव दाह गृह र खुल्ला संग्रहालय निर्माणको काम शुरु भैसकेको बताउदै उनले आउने काग तिहारमा कागेश्वरीमा विश्वकै ठुलो कागको प्रतिमा अनावरण गरिने जानकारी दिएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #बुढानिलकण्ठ र गोकर्णेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्