अवैध लागूऔषध सहित एक जना पक्राउ
चितवन । चितवनमा अवैध लागूऔषध सहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार (बुधबार) राती अन्दाजी ११ बजेको समयमा भरतपुर महानगरपालिका १ लिलाचोकबाट बुटवल देखी पोखरा तर्फ जाँदै गरेकी पोखरा महानगरपालिका १० स्थित रामघाट बस्ने १९ बर्षीया निकेश गुरुङलाई पक्राउ गरेको हो ।
वर्डा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीको टोलीले शंका लागी चेकजाँच गर्दा गुरुङको साथबाट नुफिम (३०) पिस, डाईजेपाम (३०) पिस, तथा फेनरागन (३०) पिस बरामद गरिएको जनाइएको छ ।
लागूऔषध सहित पक्राउ परेकी गुरुङलाई आवश्यक कार्वाहीको लागी अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याइएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान गर्न सम्मानित चितवन जिल्ला अदालतबाट लागुऔषध मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्