चौतर्फी दबाब आएपछि भीम रावलले लिए राजीनामा फिर्ता
नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । चौतर्फी दबाब आएपछि उनले आज राजीनामा फिर्ता लिएका हुन् ।
रावलले आज सभाामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको बताएका छन् ।
रावलले असार ३ गते शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा केही घण्टाअघि राजीनामा दिएका थिए । देउवालाई विश्वासको मत दिने नदिनेबारे एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग खटपट भएपछि उनले राजीनामा दिएका थिए ।
राजीनामा फिर्ता गर्न आग्रह गर्दै एमाले वरिष्ठ नेता नेपाल बिहीबार रावल निवास टोखा पुगेका थिए । त्यस्तै‚ सुदूरपश्चिम प्रदेशका सांसदहरुले पनि उनलाई राजीनामा फिर्ता लिन दवाब दिएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #भीम रावल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्