टोखामा भीम रावललाई भेट्न पुगे माधव नेपाल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष भीम रावलसँग भेट गर्नुभएको छ । रावललाई भेट्न नेता नेपाल उनकै निवास टोखा पुग्नुभएको हो ।
बुधबार भएको आफूपक्षीय स्थायी कमिटी बैठकमा रावल सहभागी नभएपछि नेपाल रावललाई भेट्न टोखा पुग्नुभएको हो ।
नेपालका मुख्य सहयोगीका रुपमा रहेका रावलले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपालको निर्णयप्रति असहमति जनाएका थिए । पार्टी एकताका लागि जोड दिँदै आएका रावलले नेतृत्वप्रति असन्तुष्टि राख्दै साउन ३ गते नै सांसद पदबाट राजीनामा दिनुभएको थियो । यद्यपि उहाँको राजीनामा स्वीकृत भइसकेको छैन ।
रावल एमाले कार्यदलमा नेपाल पक्षको वार्ता टोलीका संयोजक पनि हुनुहुन्थ्यो । उक्त कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति जुटाएको थियो । कार्यदलले तयार गरेको उक्त सहमतिलाई एमाले संस्थापन पक्षको स्थायी कमिटी बैठकले अनुमोदन गरिसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #माधव नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्