मन्त्रीबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरि बैठक बोलाइएको छ ।
स्थायी कमिटी सदस्य लीलामणि पोख्रेलका अनुसार आज बस्नै बैठकमा सरकारमा जाने मन्त्रीहरुबारे निर्णय हुनेछ । यद्यपी माओवादी केन्द्रबाट सरकारमा कति जना जाने भन्ने टुंगो भने लागि सकेको छैन ।
बैठकमा पछिल्लो समसामयिक राजनितिक घटनाक्रम, पार्टी संगठनलगायत विषयमा पनि छलफल हुने उनले बताए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर सरकार सन्चालनका लागि साझा कार्यक्रम बनाएर जाने विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री देउवासँग भएको छलफल र छलफलका क्रममा भएका प्रगतिका विषयमा पनि बैठकमा अध्यक्ष प्रचण्डले जानकारी गराउनेछन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारका हाल माओवादी केन्द्रका दुई जना मात्र मन्त्री छन् । सरकारमा पम्फा भुसाल ऊर्जा मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #माओवादी केन्द्रको स्थायी कमिटी बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्