Techie IT
मंगलबार, भदौ ९,२०८३

एमालेको माधव समूह तत्काल सरकारमा नजाने


साउन । नेकपा एमालेको माधव समूह तत्काल सरकारमा नजाने भएको छ ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको नेपाल पक्ष तत्काल सरकारमा सहभागी नहुने देखिएको छ ।

मंगलबार माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड र जसपाका उपेन्द्र यादवले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

नेता नेपालले उनीहरुलाई साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्ने कुरामा आफ्नो सहयोग रहने बताएका थिए । यद्यपि सरकारमा तत्कालै सहभागी हुने अवस्था नरहेको नेपालले बताए ।

नेपाल पक्षका नेताहरुले एमाले एकताका विरुद्ध अध्यक्ष केपी ओलीले बार लगाएको आरोप लगाउँदै नयाँ पार्टी बनाएर जानुपर्ने बाध्यता रहेको बताउन थालेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #माधव समूह


तपाईको कमेन्ट लेख्नुहोस्