अष्ट्रेलियाबाट खाँदबारी नगरपालिकालाई स्वास्थ सामाग्री सहयोग
संखुवासभा, खाँदबारी — अष्ट्रेलियामा अध्यनरत खाँदबारी १ निवासी युवाहरुबाट खाँदबारी नगरपालिकालाई १ लाख ७६ हजार बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ ।
गत शुक्रबार एक कार्यक्रम बीच अष्ट्रेलियामा अध्यनरत खाँदबारी १ का युवाहरुले पठाएको स्वास्थ्य सामग्रीहरु खाँदबारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडा, कार्यकारी अधिकृत शेखरबाबु कार्की र नगर स्वास्थ्य प्रमुख दिलिप श्रेष्ठलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।
अष्ट्रेलियामा अध्यनरत युवाहरुको प्रतिनिधीको रुपमा खाँदबारी नगरपालिका १ नम्बर वडाका अध्यक्ष निरन्जन श्रेष्ठ मार्फत नगरपालिकालाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो । सामानहरु ग्लोब्स १५ कार्टुन लगायत सेनिटाइजर, र सर्जिकल माक्सहरु रहेको थियो ।
खाँदबारी नगरपालिकाका मेयर खतिवडाले बिदेशमा अध्यनरत रहेर पनि भावनात्मक रुपमा आफ्नो गाउँठाउँको माया र स्नेहका कारणले नगरलाई अस्पताल विकास समितिका सदस्य सरोज बज्राचार्यले विदेशमा रहेर पनि भावनात्मक रुपमा आफ्नो गाउँठाउँको मायाँ र स्नेहका कारणले सहयोग पठाएको भन्दै अष्ट्रेलियामा अध्यनरत खाँदबारी १ का युवाहरुलाई धन्यबाद दिनुभयो ।
जन्मथलो खाँदबारी भई हाल कर्मथलोको रुपमा अष्ट्रेलियामा अध्ययनको सिलसिलामा पुगेका १ नम्बर वडाका युवाहरुले रकम संकलन गरेर यो कोभिड १९ को महामारी र संक्रमणदर बढि रहेको समयमा आफ्नो गाउँठाऊँमा केही सहयोग गर्ने उद्धेश्यले स्वास्थ्य सामग्री पठाएको खाँदबारी १ हाल अष्ट्रेलिया निवासी पर्शुराम पाठकले बताउनुभयो ।

क्याटेगोरी :
समाचार,
स्वास्थ्य
ट्याग : #खाँदबारी नगरपालिका, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्