क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै आमरण अनशन
नेपाली कांग्रेसको क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा आमरण अनशन शुरु गरिएको छ ।
नेपाली कांग्रेसका नेता एवम् संविधानसभा सदस्य डा चन्द्रमोहन यादवको नेतृत्वमा रामपल्टन शाह, दिनेश नायक लगायतले धनुषा क्षेत्र नं १, क्षेत्र नं ४, सिरहा र सप्तरीको क्रियाशील सदस्यतामा विवाद भएको जनाउँदै आज बिहान ११ः३० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन शुरु गर्नुभएको हो ।
पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरीत नयाँ क्रियाशील सदस्यता वितरण गरेको, कांग्रेस जिल्ला कार्यसमितिको संस्थागत निर्णयलाई कार्यान्वयन नगरेको उल्लेख गर्दै आफूहरु आमरण अनशनमा बस्न बाध्य भएको डा यादवले राससलाई जानकारी दिनुभयो ।
आफूले राखेका माग सम्बोधन नभएसम्म अनशन जारी राख्ने उहाँको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #काँग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्