भिक्टोरिया क्रस विजेता पुनको घरलाई संग्रहालय बनाउने तयारी
म्याग्दी । बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाएका गोरखा सैनिक तुलबहादुर पुनको जन्म घरलाई संग्रहालय बनाउने तयारी सुरु भएको छ ।
गोरखा सैनिक तुलबहादुर तिलिजा पुन जन्मिए र हुर्किएको घर रघुगंगा गाउँपालिका–१ बादुकमा अझै सुरक्षित छ । घरलाई संरक्षण गरेर पर्यटकीय गन्तव्य बनाउन उनका छोराबुहारी अर्जुन र शान्ती तिलिजा लागि पर्नुभएको छ ।
तुलबहादुरको नाममा बेगखोलामा सडक र पुन भिसी स्मृति संस्था रहेको छ । बेगखोलाको बादुरक गाउँमा सन् १९२३ मार्चमा जन्मिनुभएको तुलबहादुर २० वर्षको उमेरमा भर्ती हुनुभएको थियो ।
उहाँको सन् २०११ अप्रिल २० मा ८८ वर्षको उमेरमा निधन भएको थियो । पुनको श्रीमती, बुहारी नातिनी गाउँमा बसेर बुवाले बनाएको सम्पतिको संरक्षण तथा फलफूल लगाउने काम गरिरहेका छन् । पुन जन्मिएको तीन तले घरलाई उहाँले प्रयोग गरेका सामानहरु, पाएका सम्मानहरुलाई संरक्षण गरेर घरलाई संग्रालयको रुपमा बनाउने तयारी भएको छोरा अर्जुन तिलिजाले बताउनुभयो ।
घरमा पुरानै सामानहरु समेटेर संग्रालय बनाएर संरक्षणको जिम्मा गाउँलाई दिने योजना रहेको बुहारी शान्ति तिलिजाले बताउनुभयो । स्वर्गीय भिसी पुन अवकास पछि बादुक गाउँ फर्किएर खानेपानी, खेलमैदान, विद्यालय भवनलगायत दर्जनौं योजनामा समेत काम गर्नुभएको थियो ।
गाउँमा कृष्ण आधारभूत विद्यालय र तिप्ल्याङमा कालिका आधारभूत विद्यालयको स्थापना भिसी पुनले गरेको स्थानीय पूर्णबहादुर गर्वुजाले बताउनुभयो । वादुकवासीले तुलबहादुरको नाममा तिप्ल्याङदेखि बादुकसम्मको सडकलाई पुन भिसी सडकको रुपमा नामाकरण गरेका छन् भने तिप्ल्याङ–बादुक भिसी पदमार्ग बनाउने योजनामा बादुकबासी लागेका छन् ।
मगर कलासस्कृति, बेगसँंग जोडिएको दोस्रो अग्लो र लामो पुल भएको यस बादुरक गाउँमा पुनको नाममा संग्रालय निर्माणले पर्यटकको गन्तव्यको विकास गरेर स्थानीयलाई लाभान्वित बनाउने योजना रहेको वडाअध्यक्ष बिलबहादुर फगामीले बताउनुभयो । बेलायतमा गोरखा सैनिकहरुले हालसम्म १३ वटा भिक्टोरिया क्रस पाएका छन् ।
पुनले दोस्रो विश्वयुद्वमा गरेको योगदानलाई मुल्याकंन गर्दै भिसी तुलबहादुरको सम्झनामा बेलायतमा जुन २३ बाट रेल सेवा सुरु भएको छ । बेलायतको एक रेल सेवाले त्यहाँको सर्वोच्च युद्व पदक भिक्टोरिया क्रस बिजेता स्व. तुलबहादुर पुनको सम्मान गर्दै रेल सेवा सुरु गरेको हो ।
बेलायतमा चर्चाको शिखरमा रहेका भिसी जन्मथलो म्याग्दीमा भने गुमनाम रहेको छ । पुनले भिसी पाएको ७६ वर्ष पुगेको छ । भिसी पुन दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाउँदा २१ वर्षका मात्र हुनुहुन्थ्यो ।
उहाँले दोस्रो विश्वयुद्वमा बहादुरी र साहस प्रदर्शन गरेवापत सो पदक पाउनुभएको थियो । दोस्रो विश्वयुद्वमा अद्वितीय पराक्रम प्रदर्शन गरेवापत भिसी पाएका गोरखा सैनिक तुलबहादुर पुनको नाममा २०२१ जुन २३ बाट बेलायतमा रेल सेवा संचालन भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तुलबहादुर पुन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्