एमाले एकता जोगाउन १० बुँदे सहमतिलाई अगाडि बढाइने
काठमाडौं, साउन । नेकपा (एमाले)को दोस्रो तहका नेताहरूले पार्टी एकतालाई जोगाउन कार्यदलले गरेको १० बुँदे सहमतिलाई अगाडि बढाउने भएका छन् ।
आज शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताबीच भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।
छलफलमा कार्यदलका रहेका ओली पक्षका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल पक्षका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए ।
यस्तै आजको छलफलमा एमाले सचिव भीम आचार्य पनि सहभागी थिए । उनीहरूले पार्टी एकता जोगाउन १० बुँदे सहमति सहयोगी बन्ने निष्कर्ष निकालेका हुन् ।
शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले पनि १० बुँदे सहमतिलाई अनुमोदन गरेको उल्लेख गर्दै उनले आजको छलफलमा त्यसलाई अगाडि बढाउने निष्कर्ष निकालिएको एक नेताले बताए । यसअघि एमाले एकताका लागि दुवै पक्ष सम्मिलित कार्यदलले १० बुँदे सहमति गरेको थियो ।
तर, २८ असारको सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभा पुनःस्थापनासँगै ओली प्रधानमन्त्रीबाट हटेपछि सो सहमति प्रभावहीन बनेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले एकता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्