लायन्स क्लव अफ काठमाडौं शुभारम्भको बालाजुमा वृक्षारोपण कार्यक्रम
काठमाडौं । लायन्स क्लव अफ काठमाडौं शुभारम्भले बालाजुमा वृक्षारोपण कार्यक्रम गरेको छ ।
कार्यक्रममा बालाजु संरक्षण समिति, लायन्स क्लव इन्टरनेशनल ३२५ बि १ का रिजन–६९, जोन–१३९ र १४० का क्लवहरुद्वारा संयुक्त रूपमा वृक्षारोपण गर्न सहयोग गरेका छन् । वृक्षारोपण कार्यक्रम बालाजु पुल छेउको खाली जग्गमा गरिएको थियो ।
कार्यक्रमको संयोजन गर्ने लायन्स क्लव अफ काठमाडौं शुभारम्भका सेकेण्ड भाइस प्रेसिडेन्ट तथा बालाजु संरक्षण समितिका अध्यक्ष सञ्जय गुरुङप्रति शुभारम्भका अध्यक्ष भाष्कर क्षेष्ठले हार्दिक आभार प्रकट गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक गर्भनर विशेश्वर लायन आचार्य, फस्ट लेडी सिया लामिछाने, विशेष अतिथि फस्ट डिस्ट्रिक गर्भनर महेन्द्र पौडेल, सेकेण्ड डिस्ट्रिक भाइस गर्भनर मनिश्री लयातका अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम गर्न हौसला दिनुका साथै सक्रियतापूर्वक लाग्नुहुने अतिथि जोन चिएरपर्सन धनमायाँ सिञ्जाली श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
वृक्षारोपण कार्यक्रमपछि सोही स्थानमै केक काटेर लायन्स क्लव अफ काठमाडौं शुभारम्भका अध्यक्ष भाष्कर श्रेष्ठसहित मुस्कान महर्जन, सुस्मिता गुरुङ, सुरेन्द्र कुमार सांघाईको जन्मदिन मनाइएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #लायन्स क्लव अफ काठमाडौं
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्