‘केपी बा ’क्रेज : दुरदराजमा ‘केपी बा’ कृषि फर्म
बाजुरा, असार ३० । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई युवा कार्यकर्ताले ‘केपी बा’ भनेर सम्बोधन गर्छन् ।
‘केपी बा ’क्रेज गाउँ र दुरदराजसम्म फैलिसकेको छ । क्रेजको रूपमा कसैले पाखुरामा टाटु कुदेका छन् त कोही निधारमा केपी बा को स्टिकर टाँसेर हिँडिरहेका छन् ।
केपी बाका नाममा बिल्कुलै फरक काम बाजुराका एक किसान दम्पतीले गर्नुभएको छ । बाजुराको बडीमालिका नगरपालिका–१ पिनाखेलकी नन्दाकुमारी नाथ र उहाँका श्रीमान् पदम कार्कीले केपी बा कृषि फर्म आन्तरिक राजश्व कार्यालय अछाममा दर्ता गरेर सञ्चालन गरिरहनु भएको छ । नाथका अनुसार यो फर्म २६ चैत २०७७ मा दर्ता गरिएको हो । फर्मको पूरा नाम केपी बा बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फर्म हो ।
आफूहरू सानैदेखि केपी ओलीको समर्थक भएका कारण उहाँको नाममा केही काम गर्ने इच्छा भएको नाथ दम्पतीको भनाइ छ । धेरै ठूलो काम केही गर्न नसकिने भएकोले आफ्नो पेसासँग मिल्दोजुल्दो काम गरेर केपी ओलीको नाम राख्न मन लागेको उहाँहरू बताउनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #‘केपी बा’ कृषि फर्म
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्