खाँणलाई गृहमन्त्री र कार्कीलाई कानुनमन्त्री बनाउने कांग्रेसको तयारी
माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बन्ने
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सो पार्टीबाट तत्काल दुई जना मन्त्री बन्ने भएका छन्।
कांग्रेसका अनुसार गृहमन्त्री बालकृष्ण खाँण तथा ज्ञानेन्द्र बहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने बुझिएको छ। देउवासँगै खाँण र कार्कीले सपथ खाने बुझिएको छ।
खाँण कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत हुन्। देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा सुरु हुँदैछ। प्रधानमन्त्री पछि मन्त्रीले सपथ गर्ने छन्। देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्न लागेका छन्।
यस्तै सत्ता साझेदार नेकपा माओवादी केन्द्रबाट अर्थ मन्त्रीमा जनार्दन शर्मा तथा ऊर्जा मन्त्रीमा पम्फा भुषालले सपथ लिने सो पार्टीले जनाएको छ। खाँड यसअघि रक्षा र सिँचाइमन्त्री भइसकेका छन् भने कार्की उर्जा तथा जलस्रोत मन्त्री भइसकेका छन्।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्