खाँदबारी नगरपालिकाद्वारा ०७८/७९ को बजेट सार्बजनिक
संखुवासभाको खाँदबारी नगरपालिकाले २८ गते सोमबार ०७८/७९ को बजेट सार्बजनिक गरेको छ ।
आर्थिक बर्ष ७८/७९ नगरसभा बाट स्वीकृत आय र ब्यय आवधिक योजनालाई मुख्य अधार मानेर तयार पारिएको हो । नगरपालिकालाई प्राप्त हुने बजेटको उचित सदुपयोग गर्दै आवधिक योजनाको रणनीति तथा विषयगत समिति लगायत सरोकारवालाहरु सबैको सुझाव र सल्लाह समेतलाई आधार मानी आर्थिक बर्ष २०७८/७९ को लागि नगरपालिका मा बिनियोजित कुल बजेट ६५ करोड १५ लाख ७२ हजार ८ सय रुपैया अनुमानित आय ब्ययको बजेट प्रस्तुत गरिएको छ । जसमा आर्थिक विकास क्षेत्रको लागी १ करोड २० लाख रुपैया, सामाजिक विकास क्षेत्रको लागी २ करोड ३५ लाख रुपैया, पुर्वाधार विकास क्षेत्रको लागी १ करोड रुपैया, वन वातावरण तथा विपत व्यबस्थापन क्षेत्रको लागी ४० लाख रुपैया, सुशासन तथा संस्थागत विकास क्षेत्रको लागी ४२ लाख २५ हजार ८ सय रुपैया विनियोजन भएको छ । त्यसैगरी वडागत आयोजनाहरुका लागी हरेक वडामा ४० लाखको दरले ४ करोड ४० लाख रुपैया विनियोजन गरीएको छ ।
नगर गौरवको आयोजनाको लागी १ करोड रुपैया, वडा भबन निर्माणको लागी ३ करोड रुपैया, मेसीनरी औजारको लागी ३० लाख रुपैया, आयोजना व्यवस्थापनको लागी ४० लाख रुपैया, फनिर्चर तथा फीक्चर्सको लागी ३० लाख रुपैया, सवारी साधनको लागी २० लाख रुपैया, डि इ आर, डि पि आर र आई ई ई को लागी ४०लाख रुपैया, जग्गा व्यवस्थापनको लागी १ करोड रुपैया र नगरपालिका तर्फ प्रशासनिक खर्चको लागी ११ करोड ७८ लाख ४७ हजार रुपैया विनियोजन भएको छ ।
त्यस्तै नगरपालिकामा रहेको बिभिन्न कोषहरु अन्तर्गत मर्मत संभार कोषमा १ करोड रुपैया, समपुरक कोषमा २ करोड रुपैया, वातावरण संरक्षण कोषमा २० लाख रुपैया, आकस्मिक कोषमा १० लाख रुपैया, प्रकोप व्यवस्थापन कोषमा १ करोड ५० लाख रुपैया, कर्मचारी कल्याण कोषमा २० लाख रुपैया बिनियोजन भएको छ । यसैगरी संघीय सरकार बाट सशर्त अनुदान तर्फ ३२ करोड बजेट तथा कार्यक्रम प्राप्त भइसकेको छ । जम्मा कुल बजेट बाटमा सशर्त अनुदान, समानिकरण अनुदान, राजस्व बाडफाड र आन्तरीक आयको बाडफाड समेत गरीएको छ । आर्थिक विकास क्षेत्रको लागी ५.१७ प्रतिशत, सामाजिक विकास क्षेत्रको लागी ४३.०८ प्रतिशत, पुर्बाधार विकास क्षेत्रको लागी २७.५६ प्रतिशत, वन वतावरण तथा विपद व्यवस्थापन क्षेत्रको लागी ३.३७ प्रतिशत,सुशासन तथा संस्थागत विकास क्षेत्रको लागी १.२ प्रतिशत र चालु तर्फ १८.९१ प्रतिशत बजेट विनियोजन भएको छ । बजेट नगर प्रमुख मुरारी प्रसाद खतीवडाले प्रस्तुत गरेका छन् ।
संखुवासभाको खाँदबारी नगरपालिकाले आ व ०७८/७९ को लागि ६५ करोड १५ लाख ७२ हजारको निति कार्यक्रम गत असार १० गते प्रस्तुत गरेका थिए । खाँदबारीले कोभिडको महामारीलाई ध्यानमा राखेर भर्चुवल बिधिको प्रयोग गरेर निति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । वडाध्यक्ष, सदस्य र कार्यपालिकाका सदस्यहरुले वडामै बसेर नगरको कार्यलयमा गरिएको निति तथा कार्यक्रममा सहभागी भएका थिए ।
क्याटेगोरी : अर्थ, समाचार, स्थानीय
ट्याग : #खाँदबारी नगरपालिका, #खाँदबारीको बजेट, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्