Techie IT
बुधबार, मंसीर ३,२०८३

फुटुङ्गमा लायन्स क्लबहरुको संयुक्त बृक्षारोपण कार्यक्रम


काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँको संयुक्त पहलमा तार्केश्वर नगरपालिका वडा नम्बर ७ स्थित फुटुङ्गमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

युनाइटेड सगरमाथा, लायन्स क्लब अफ काठमाडौँ न्यू गौतम बुद्ध र लायन्स क्लब अफ काठमाडौँ जयन्तीपुर कल्पेश्वरको संयुक्त पहलमा लायन्स बर्ष २०२१र२२ को ‘पहिलो बृक्षारोपण कार्यक्रम’ गरिएको हो।

‘वातावरण जोगाऔ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा लायन अमर ज्योति रंजित, अतिथिहरू क्रमशः एरिया १ का एरिया प्रमुख लायन तारामान धामी, जोन चेयर पर्सन लायन बिष्णु ठकुरी, लायन्स बर्ष २०२१(२०२२ का लायन्स क्लब अफ काठमाडौँ युनाइटेड सगरमाथाका कलब अध्यक्ष लायन बिजय ढकाल, पहिलो उपाध्यक्ष गुना सिलवाल, क्लब सचीव लायन शुवर्ण श्रेष्ठ, कलब कोषाध्यक्ष लायन मोतीराम इटानी लगायत संरक्षण समितिहरुको उपस्थिति भएको थियो ।

क्लबका प्रेसिडेन्ट लायन दिनेश प्रधान, प्रेसिडेन्ट लायन ज्ञानहरि ढकाल तथा डाइनमिक लायन्स लिडरहरु तथा तिनै वटा क्लबका पदाधिकारीहरू र अन्य नन लायन्सहरुको बिभिन्न प्रजातीका बोट बिरुवाहरु रोप्नुभएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #बृक्षारोपण कार्यक्रम


तपाईको कमेन्ट लेख्नुहोस्