नमुना युवा संसद’मा युवालाई संसदीय गतिविधि
काठमाडौँ, २८ असार ः ‘सङ्घीय नमुना युवा संसद’मा युवालाई संसदीय गतिविधिका बारेमा जानकारी गराइएको छ ।
राष्ट्रिय युवा परिषद्को आयोजनामा आजदेखि शुरु भएको ‘सङ्घीय नमुना युवा संसद’ संसदीय व्यवस्थाबारे जानकारी गराइएको हो ।
प्रदेश नमुना नमुना युवा संसदबाट छनौट भएका देशभरिका ८० जना १६ देखि २४ बर्ष उमेरसमूहका युवालाई संसदीय प्रणालीबारे जानकारी गराउनका लागि भर्चुअल माध्यमबाट सङ्घीय नमुना युवा संसद कार्यक्रम सञ्चालन गरेको हो ।
परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले युवालाई संसदीय व्यवस्था, लोकतन्त्र, मुलुक सञ्चालन र नेतृत्व विकास गर्नका लागि नमुना युवा संसद कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । प्रदेश स्तरमा सैद्धान्तिक ज्ञान र नमूना प्रदेश सभा सञ्चालन गरिसकेका युवाहरु सङ्घीय युवा संसदमा सहभागी रहेका छन ।
उहाँले नेपाल सरकारले जारी गरेको युथ भिजन अनुसार नै युवालाई नेतृत्व तहमा लैजानका लागि युवा संसद आयोजना गरिएको बताउनुभयो ।
यसअघि तीन पटक सङ्घीय नमूना युवा संसद कार्यक्रम सञ्चालन भइसकेको छ ।
“युवालाई कानून, संविधान, सम्यताको ज्ञान र स्वयसेवकीको भाव, अधिकार कर्तत्व र दायित्व गराउनका सकिएन भने मुलुक समृद्धि तर्फ लैजान सकिदैन” उहाँले भन्नुभयो, “संविधानले सरकार कसरी सञ्चालन गर्दछ भन्ने कुरा सिकाउनका लागि नमूना संसदबाट युवाले सिक्ने छन ।”
उहाँले लोकतन्त्र स्थायी राज्य व्यवस्था भएको र लोकतन्त्र संस्कृतिबारे युवालाई ज्ञान दिई अब्बल, योग्य नागरिक बनाउन संसदीय अभ्यास आवश्यक रहेको बताउनुभयो ।
भर्चुअलमाध्यमबाट भएको नमुना युवा संसदमा आज प्रकाश उपाध्यायले संसदीय प्रक्रिया, संसदमा प्रयोग हुने शब्दावली, लोकतन्त्र, संसद सञ्चालन सम्बन्धि जानकारी युवालाई सूसुचित गरिएको बताउनुभयो ।
आज रमेश पौडेल र लवप्रसाद गौतमले युवालाई संसदीय गतिविधिबारे जानकारी गराउनु भयो ।
युवालाई मुलुकको शासकिय प्रणाली, संसदीय क्रियाकलापदेखि राज्य सञ्चालनबारे सुसूचित गराएर संसदीय अभ्यासमा सरकार गठन, विश्वासको मत, व्यवस्थापिका संसद सञ्चालन गर्ने छन् ।
तीन दिनसम्म सञ्चालन हुने नमुना संसदमा सहभागि भएका युवा प्रधानमन्त्री, सभामुख, उपसभामुख, मन्त्री, सचेतक, प्रमुख सचेतक संसदीय दलका नेता र सांसद चयन हुने छन् । यसरी चयन गरिएका युवाले भोलिदेखि सङ्घीय व्यवस्थापिका संसद सञ्चालनको अभ्यास गर्नेछन् ।
परिषद्ले युवालाई संविधान, लोकतान्त्रिक व्यवस्था, संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि हरेक बर्ष नमुना युवा संसद कार्यक्रम गर्दै आइरहेको छ ।
संसदमा भोलि प्रधानमन्त्री चयन गरेर संसदीय अभ्यास गरिने परिषद्का श्यामकाजी खत्रीले जानकारी दिनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्