एमाले विवाद : सहमतिको खाका तयार
काठमाडौं, २६ असार । सहमति नजिक पुगेको भनिएको नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले आज सहमतिको खाका तयार पार्ने भएको छ ।
सहमतिका लागि आज बस्ने कार्यदल बैठकले सो खाका तयार पार्ने बताइएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा हिजो शुक्रबार बसेको कार्यदलको बैठकमा दुई समूहबीच सहमति जुटेको बताइएको छ । सोही सहमतिलाई आज अन्तिम रुप दिने कार्यदलका सदस्य तथा पार्टी प्रवक्ता समेत रहेका प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
शुक्रबार छलफलका लागि समय अभाव भएकाले बाँकी रहेका विषय आज टुंगोमा पुग्ने र सहमतिको खाका बनाइने कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिएका छन् ।
आज कार्यदलस्तरमा सहमति भए लगत्तै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई जानकारी गराइने छ । दुबै नेताको हस्ताक्षरसहित सहमतिपत्र सार्वजनिक गर्ने कार्यदलको तयारी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले विवाद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्