दबाब र प्रभावमा परेर काम गर्दिनँ : प्रजिअ पराजुली
काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आफू कुनै दबाब र प्रभावमा नपरी काम गर्ने बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज शुक्रबार आयोजना गरेको ‘बजार अनुगमनको अवस्था र सुशासन’ विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभागको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि रहेका पराजुलीले निषेधाज्ञाको समयमा भाटभटेनी सुपरमार्केट खुलेकै कारण ४ लाख जरिवाना र सञ्चालकलाई जेलसम्मको कारबाही गरेको घटना स्मरण गर्नुभयो । साथै उहाँले आफू दबाब र प्रभावमा नपरी पाएको जिम्मेवारी पुरा गर्न लागि परेको समेत बताउनुभयो ।
कानुनको परिपालन गरेमा मानिस अनुशासित बन्छ । उहाँले भन्नुभयो–‘गल्ती गर्नेलाई कानुनी कारबाही गर्दा आगामी दिनहरुमा उसले गल्ती सुधार्छ ।’ पछिल्लो समय बजार मूल्य आकाशिईरहेको छ । बजारभरी अखाद्य बस्तु देखि गुणस्तरहीन औषधीहरु समेत खुलम खुल्ला रुपमा विक्रि वितरण भईरहेको छ ।

यस्तो परिवेशमा सरकारले के कसरी काम गरिरहेको छ भन्ने विषयमा बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले विभागले उपभोक्ता हित विपरितका कार्य गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने कार्य तीव्र गतिमा गरिरहेको बताउनुभयो । कार्यक्रममा बोल्दै राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले पछिल्लो समय बजार अनुगमन सुधार गर्नका लागि अत्यन्त जटिल भएको बताउनुभयो ।
उहाँले व्यापारीहरु नै शक्ति केन्द्रमा पुगेकाले वाणिज्य विभाग लगायतका उपभोक्ता हित विपरितका गतिविधि नियन्त्रण गर्ने थलो निरिह बनेको दाबी गर्नुभयो । त्यसैगरी कार्यक्रममा नेपाल आयल निगमका निर्देशक दिपक बरालले पेट्रोलिमय पदार्थको मूल्य बृद्धिको विकल्प नभएको तर्क गर्नुभयो । अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्दासमेत निगमलाई प्रत्येक १५ दिनमा ९१ करोड घाटा लाग्ने गरेको जानकारी गराउनुभयो ।
कोरोना कहरका बाबजूद पनि झण्डै ५० जनाको उपस्थिति रहेको सो कार्यक्रममा राजधानी दैनिकका सम्पादक सागर पण्डितले नेपाली जनता कुशासनको चक्रमा फसेको बताउनुभयो । प्रत्येक एक आर्थिक वर्षमा झण्डै १० खर्ब राजस्व छली हुने भएकाले राजस्व संकलनमा कडाई गर्दै जनताको हितमा सो रकम खर्चिनुपर्ने विषयलाई उहाँले जोडदार रुपमा उठाउनुभयो ।
बजारमा उपभोक्ता हित विपरितका कार्यहरु भईरहेको तर्फ जानकारी गराउँदैे मौसमी अनुमगन होइन निरन्तर अनुगमनको खाँचो रहेको उनको तर्क थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #कालीप्रसाद पराजुली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्