माओवादी केन्द्र दर्ता खारेजीका लागि दबाब दिन पूर्वमाओवादी नेताहरू आयोगमा
नेकपा (माओवादी केन्द्र) को दल दर्ता खारेजी माग गरेका एमालेका पूर्वमाओवादी नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेका छन् ।
उनीहरू उक्त निवेदन छिटो कार्यान्वयनका लागि ध्यानाकर्षण गराउन भन्दै आयोग पुगेका हुन् । टोपबहादुर रायमाझीको नेतृत्वमा प्रभु साह, मणि थापा र गौरीशंकर चौधरीलगायत नेताहरू ११ बजे निर्वाचन आयोग पुगेका हुन् । रामबहादुर थापा बादल र लेखराज भट्ट भने बिरामी भएका कारण नगएको बताइएको छ ।
एमालेमा आएका माओवादीका दोस्रो तहका नेताहरूले बुधबार अधिवक्ता सरोज बुढाथोकीमार्फत आयोगमा नेकपा (माओवादी केन्द्र) को दल दर्ता खारेजीका लागि निवेदन दर्ता गराएका थिए । त्यसमा छिटो निर्णय होस् भन्न आफूहरु आयोग गएको नेता लिलबहादुर थापाले जानकारी दिए । लामो समयसम्म महाधिवेशन नगराएकाले माओवादी केन्द्र अवैध भएको र उक्त पार्टीले आफूहरुमाथि गरेको कारवाही पनि अवैध हुने तर्क उनीहरूको छ ।
सर्वोच्च अदालतले २३ फागुनमा नेकपा खारेज गरेपछि एमालेमा लागेका सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई माओवादी केन्द्रले कारबाही गरेको थियो । थापा भने सांसद थिएनन् । पार्टीले तत्कालीन राष्ट्रिय सभा सदस्य रामबहादुर थापा र चन्द्रबहादुर खड्कालाई पनि कारबाही गरेको थियो । चार सांसद पदमुक्त भएको सूचना संसद् सचिवालयले प्रकाशित गरी आयोगलाई जानकारी गराएको थियो ।
तर, माओवादी केन्द्र नै अवैध भएकाले त्यसले गरेका कारबाही पनि वैध नहुने पूर्वमाओवादी नेताहरूको तर्क छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माओवादी केन्द्र दर्ता खारेजी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्