अमेरिका हिँडेका नेपाली चढेको डुंगा क्यारेबियन सागरमा दुर्घटना, को–को परे ?
काठमाडौं, २५ असार । अमेरिका हिँडेका सात जना नेपाली चढेको डुंगा क्यारेबियन सागरमा दुर्घटनाग्रस्त भएको छ ।
डुंगा दुर्घटनामा पर्ने नेपालीमा दाङ घोराहीका एन्जल बुढामगर, दाङको तुल्सीपुरका हेमराज अधिकारी, दाङकै पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङलगायत छन् । सँगै बेपत्ता भएका अन्य तीनजना नेपाली युवाको भने नाम र ठेगाना खुलेको छैन ।
अमेरिका छिर्नका लागि कोलम्बियाको नेपोलीबाट क्यारेवियन कोस्टस्थित कपुरगाडा जाँदै गर्दा क्यारेबियन सागरमा डुंगा दुर्घटना भएको हो । अवैध ढंगले अमेरिका हिँडेका नेपाली र विदेशीहरु सवार डुंगा गएको असार ५ गते नै कोलम्बियाको समुन्द्रमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
डुंगामा सात नेपाली र अन्य विवेशी गरेर १८ जना युवा सवार थिए । जसमध्ये एक नेपाली र केही विदेशीको उद्धार भएको छ । तर, सात नेपाली भने समुन्द्रमा बेपत्ता भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली चढेको डुंगा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्