Techie IT
शनिबार, असार २०,२०८३

होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता


काठमाडौं । काठमाडौं नक्सालको होटल मेरियटमा भेटवार्ता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरु भएको छ ।

कार्यदल स्तरमा भएको छलफल सकारात्मक भएपछि दुई नेताबीच भेटवार्ता भएको हो ।

एमालेमा पछिल्लो समय विवाद बढ्दै जाँदा अध्यक्ष ओली र वरिष्ठ  नेताबीच भेटवार्ताको पहल भइरहेको थियो ।

गत शनिबार दुई नेताबीच टेलिफोन कुराकानी भए पनि सकारात्मक हुन सकेको थिएन

। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकताका लागि सर्वोच्च अदालतमा रिट दिने सांसदहरुले रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेका छन् ।

गत शनिबार दुई नेताबीच टेलिफोन कुराकानी भए पनि सकारात्मक हुन सकेको थिएन ।


क्याटेगोरी : समाचार
ट्याग : #ओली र नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्