उपत्यकाबाट हराएका ३३ मोटरसाइकल फेला : सम्बन्धित धनीलाई बुझाइयो
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका ३३ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका २३ मोटरसाइकल र १० स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई बुझाएको हो ।
हमहाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारी साधनहरू एकान्त ठाउँमा पार्किङ गर्दा हराउने गरेको बताउनुभयो । हराएका सवारी साधनमध्ये अधिकांश सवारी साधनहरू उपत्यकाका वरीपरी जिल्लामा प्रयोग हुने गरेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पछिल्लो समय हराएका वा चोरी भएका मोटरसाइकलमध्ये अधिकांश पल्सर मोटरसाइकल रहेका छन् । चोरी भएका मोटरसाइकललाई ग्रामीण इलाकामा लगेर नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाएर बेचबिखन गर्ने गरेको पाइएको महाशाखा प्रमुख भट्टराईले बताउनुभयो ।
महाशाखाले चालू आर्थिक वर्षमा उपत्यकाबाट हराएका ४१३ मोटरसाइकल तथा स्कुटर खोजी गरी सम्बन्धित धनीलाई बुझाइसकेको छ ।
उक्त चोरी कार्यमा संलग्न ५१ जनालाई पक्राउ गरी कारबाहीका लागि विभिन्न वृत्तमा पठाइकिएको महाशाखाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #हराएका ३३ मोटरसाइकल फेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्