टोखामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु
टोखा नगरपालिकामा टिपरको ठक्करबाट दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
गए राति पौने ११ बजे बा २ क ३४६६ नम्बरको टिपरको ठक्करबाट प्रदेश ३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकलका चालक नुवाकोटको बेलकोट नगरपालिका–६ का २६ वर्षका सन्तोष अधिकारी र मोटरसाइकलको पछाडि बस्ने त्यही ठाउँका २२ वर्षका दिपेश थापाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलकै पछाडि बस्ने ३० वर्षका सागर खतिवडा भने घाइते भएको र उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा तीन जना सवार थिए । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखामा टिपरको ठक्कर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्