बसले किचेर बालिकाको मृत्यु
पश्चिम चितवनमा स्कूल बसले किचेर आज एक बालिकाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–१४ मा रहेको सनलाइट इङ्लिश स्कूलको ग१ख २२२५ नम्बरको बसले किच्दा सोही विद्यालयमा अध्ययनरत् पाँच वर्षिया बालिका सम्झना मिजारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सोही वडाको लाहुरेचोकमा उक्त घटना भएको हो । स्कूलबाट विद्यार्थीलाई घर छोड्न हिँड्दा अपराह्न ४ः४० बजे सो दुर्घटना भएको हो ।
सोही बसमा आएकी मिजार बसबाट खसेपछि सोही बसले किचेको थियो । बसले किचेर घाइते भएकी मिजरको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका वडा नं २१ निवासी मिजार सोही विद्यालयमा नर्सरीमा अध्ययनरत् थिइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #बसले किचेर बालिकाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्