Techie IT
बुधबार, साउन २७,२०८३

तारकेश्वर जितपुरफेदीमा खेलकुद महासंघको रोपाई कार्यक्रम (तस्विरहरु)


काठमाण्डौ ,असार १९। नेपाल खेलकुद महासंघको “आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन” अभियान शुरु भएको छ।

तारकेश्वर नगरपालिका जितपुरफेदीमा रोपाई कार्यक्रमको आयोजना गर्दै महासंघले सो अभियानको शुरुवात गरेको हो। अवका दिनमा खेलकुद संगै उत्पादनमा पनि खेलाडीहरुको सहभागिता र योगदानका लागि शुरु गरिएको सो अभियानको शुभारम्भ कार्यक्रममा नेकपा एमालेका पोलिट ब्युरो सदस्य तथा पुर्व गृहमन्त्रि खगराज अधिकारी प्रमुख अतिथि रहेका थिए भने  पुर्ब उधोग मन्त्री कर्ण थापा र पुर्ब  खेलकुद मन्त्री तथा महासंघका इन्चार्ज दावा लामा विशेष अतिथि रहेका थिए।

सहभागीहरुलाई अबिर र टिका लगाउदै शुरु गरिएको रोपाइँ कार्यक्रममा कलाकारहरु पुजा शर्मा ,वर्षा सिवाकोटी र राज कट्टेलले सक्रिय सहभागिता जनाएका थिए भने स्थानीय धर्मस्थली ब्याण्डले बाजा प्रस्तुत गर्दै कार्यक्रमको रौनक बढाएको थियो।

उपत्यका खेलकुद माहासंघ सहसंयोजक केसब ब्यन्जन्कारको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका अध्यक्ष रमेस पौडेल ,बरिस्ट उपाध्यक्ष परशुराम बस्नेत ,उपाध्यक्ष सुवाष श्रेष्ठ ,उप महासचिव रामकृष्ण खडका,शान्तमाया परीयार ,सचिव रेनुका श्रेष्ठ ,उमेस केसी ,चर्चित फुटवल खेलाडी तथा राखेप सदस्य हरी खड्का ,खेलकुद परीषद सदस्य सम्पन्न श्रेष्ठ  लगायतको उपस्थिति रहेको थियो।

महासंघका उपत्यका सचिव केशव ओलीको संचालन र सहसचिव विव्व्क घिमिरेको स्वागत मन्तव्य  रहेको  कार्यक्रममा वक्ताहरुले नेपाल खेल्कुस महासंघले खेलाडीहरुको वृति विकास संगै उत्पादन र कृषिमा सहभागिताका लागि शुरु गरेको अभियान निकै फलदायी र अर्थपूर्ण रहेको भन्दै प्रसंशा गरेका थिए।

खेलका दौरबं घाइते खेलाडीहरुको निशुल्क उपचारको लागि पहल गर्दै आएको महासंघले यस अभियान अन्तर्गत दुई दिन कृषि र उत्पादन मुलक कार्यमा खर्चिने गरी यो अभियान शुरु गरेको बताउदै महासंघका अध्यक्ष रमेस पौडेलले खेल ,खेलाडी र खेलप्रेमीहरुको साझा र नेतृत्वदायी मंचका रुपमा महासंघलाई अगाडी बढाउने धारणा राखेका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #खेलकुद महासंघको, #रोपाई कार्यक्रम


तपाईको कमेन्ट लेख्नुहोस्