काठमाडौँको थलीमा छाप्रोमाथि टिपर खस्दा सुतिरहेका एक दम्पतीको मृत्यु
काठमाडौँ । काठमाडौँको थलीमा टिपर बाटो मुनिको छाप्रोमा खस्दा दुईजनाको मृत्यु भएको छ ।
बाटो मुनिको छाप्रोमाथि टिपर खस्दा छाप्रोमा सुतिरहेका ५३ वर्षीय साइँला तामाङ र उनकी श्रीमती ५५ वर्षीया जयन्ती तामाङको मृत्यु भएको हो ।
उनीहरू त्यहाँ राँगा कुर्नका लागि बसेको प्रहरीले जनाएको छ । टिपर चालक ३१ वर्षका गोविन्द घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कागेश्वरी मनहरा नगरपालिका–५ साँघु–चावहिल सडकखण्ड अन्तर्गत थलीमा टिपर सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको हो ।
बौद्ध प्रहरीका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार शनिबार बिहान ४ बजेतिर साँघुबाट आउँदै गरेको बा ५ ख २५११ नम्बरको टिपर सडकबाट तल खसेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #थलीमा छाप्रोमाथि टिपर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्