टोखा काँग्रेस : यी हुन नगर सभापतिका आकांक्षीहरु
काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नेतृत्वको लागि वडास्तर ईकाइ समितिमा पनि सभापतिमा आकांक्षीहरुको कसरत जारी छ ।
ईकाइ सभापतिका लागि आकाँक्षीहरुको नामावलीहरु आउनेक्रम जारी रहेको नेपाली काँग्रेस टोखा नगर समितिका सभापति बसन्त श्रेष्ठले बताएका छन् । काँग्रेसको ईकाइ समितिको अधिवेसन आउँदो साउन १२ गते हुँदैछ ।
नगर सभापति श्रेष्ठका अनुसार हालसम्म ईकाइ सभापतिका लागि दाबि गर्नेहरुमा टोखा- १ ईकाइ समितिमा रमेश लामिछाने (वर्तमान ईकाइ समितिका सभापति) र श्रीकृष्ण विडारीको दाबेदार रहेको छ ।
त्यस्तै टोखा-२ ईकाइ समितिका सभापतिका लागि चार जनाको आकांक्षा रहेको छ । ईकाइ सभापतिका लागि काईला डंगोल, हेराकाजी डंगोल, रमेश नापित र युथ महर्जनको दाबेदार रहेको छ । काईला डंगोल वर्तमान सभापति हुन भने हेराकाजी वडा सदस्य । त्यस्तै नापित नगर सचिव र महर्जन जिल्ला सदस्य हुन ।
त्यस्तै ३ मा अष्ट नारायण श्रेष्ठ एक्ल दाबेदारको रुपमा रहेको छ । टोखा ४ मा रविन्द्र श्रेष्ठ र अनिष श्रेष्ठको सभापतिका लागि दाबेदार रहेको छ ।
टोखा-५ मा सभापतिका लागि सुदिपजंग पाण्डेको एक्ल दाबेदार रहेको छ । पाण्डे वर्तमान ईकाइ सभापतिसमेत हुन । त्यस्तै ६ मा शान्ता पौडेल र कपिल देव थापाको दाबेदार रहेको छ । पौडेल वर्तमा वडा सदस्य हुन भने थापा क्रियाशील सदस्य ।
टोखा ७ मा रत्न महर्जन, पवन ढकाल र राजेन्द्र केसिको सभापतिको दाबेदार रहेको छ । यता ८ मा राजाराम पुण्डासैनि , उत्तम थापा र ऋषि राम आचार्यको दाबेदार रहेको छ । पुडासैनी वर्तमा ईकाइ सभापति हुने । त्यस्तै ९ मा राजन प्रजापति र शार्दा ढकालको सभापतिको लागि दाबेदार रहेको छ ।
यता टोखा १० मा तेज प्रसाद सेदाइ, दिपक थापा, राजन गौतम र मोहन महर्जन को दाबेदार रहेको छ । सेदाइ वर्तमान सभापति हुन । त्यस्तै ११ मा कोष राज सिटौंला र राजेन्द्र पौड्याल सभापतिको दाबेदार रहेको छ । सिटौंला वर्तमान सभापति हुन भने पौड्याल उपसभापति ।
आगामी अधिबेशनका लागि सकेसम्म सहमतिमै नेतृत्वको टुंगो लगाउने, यदी त्यस्तो वातावरण नबने निर्वाचनबाट नेतृत्वको टुंगो लगाइने श्रेष्ठले बताए ।
टोखा टाइम्स
क्याटेगोरी : समाचार
ट्याग : #टोखा काँग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्