४ सहसचिवलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
सरकारले चार जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २ जना प्रशासनतर्फ र २ जना प्राविधिकतर्फ गरेर ४ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
डा. दामोदर रेग्मी र गणेशप्रसाद पाण्डे प्रशासनतर्फ तथा डा. कृष्णप्रसाद आचार्य र प्रमिला बज्राचार्य प्राविधिकतर्फबाट सचिवमा बढुवा भएका हुन् । रेग्मी ज्येष्ठताको आधारमा बढुवा भएका हुन् । ज्येष्ठताको आधारमा बढुवा हुने लाइनमा उनी एकमात्र अधिकारी थिए । प्रशासनसेवातर्फ सिफारिस भएका तीन जना वरिष्ठ सहसचिवमध्ये पाण्डेलाई सचिवमा बढुवा गरिएको छ ।
पाण्डेसँगै बढुवा समितिले सहसचिव मधुसुधन बुर्लाकोटी र कृष्णहरी पुष्करको नाम सिफारिस गरेको थियो । पाण्डेको नाम यसअघि डा. मुकुन्दप्रसाद पौडेल सचिवमा बढुवा हुँदा पनि सिफारिस भएको थियो ।
सिफारिस समितिले कृषि तथा वनसेवातर्फ रिक्त रहेको एक सचिव पदका लागि वरिष्ठ सहसचिव डा. कृष्णप्रसाद आचार्यसहित निरु दाहाल पाण्डे र दीपक खरालको नाम पनि सिफारिस गरेको थियो । सिफारिस सूचीको एक नम्बरमा रहेका आचार्यलाई नै मन्त्रिपरिषद बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले इन्जिनियरिङ सेवातर्फ सहसचिव बज्राचार्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा समितिले बज्राचार्यसँगै सहसचिवद्वय सुशीलचन्द्र तिवारी र गोविन्द सिग्देललाई सिफारिस गरेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रशासनतर्फ अझै तीन सचिव पद रिक्त छ । अब बढुवाको सिफारिस हुने लाइनमा सहसचिवहरु मधुसुदन बुर्लाकोटी, खगेन्द्र नेपाल, किरणराज शर्मा, रामप्रसाद घिमिरेलगायत छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सहसचिवलाई सचिवमा बढुवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्