पत्रकारलाई धम्की दिइएकामा चौतारीको विरोध
प्रेस चौतारी नेपालले चौतारीका कर्णाली प्रदेश कमिटीका सदस्य एव संसदीय मामिला पत्रकार समाज प्रदेश अध्यक्ष शेरबहादुर थापामाथि समाचार लेखेकै विषयलाई लिएर आइरहेको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकार थापालाई नेपाली काँग्रेसका प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको निर्देशनमा बारम्बार यस्तो धम्की आइरहनु अत्यन्तै दुखद र गम्भीर विषय भएको चौतारीका कार्यबाहक महासचिव हीरामान लामाले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
आफू निकटका व्यक्तिलाई उक्साएर शाहीले प्रेस स्वतन्त्रताविरोधी गतिविधि गरेको चौतारीले जनाएको छ । ‘नेपाल प्रेस डेटकम’मा प्रकाशित ‘सरकारी प्रोडोमा रातो नम्बर प्लेट ः काँग्रेस नेतालाई दिए मुख्यमन्त्रीले गाडी उपहार’ र ‘मन्त्रीहरुले पनि मोटरसाइकल चढ्नुपर्छ भन्दै भाषण गर्ने जीवन शाही अहिले प्राडोमा’ भन्ने शीर्षकको समाचारलाई लिएर पत्रकार थापामाथि ज्यानै लिनेसम्मको धम्की आउनु पत्रकारिता जगतमाथिकै प्रहार भएको चौतारीको भनाइ छ ।
“समाचार चित्त नबुझे खण्डन गर्ने, कानुनी बाटोमा जान सकिने सभ्य तरिका हुँदाहुँदै नेता शाहीले आफ्ना आसेपासे र पालितपोषित व्यक्तिमार्फत गालीगलौज र भौतिक हमलाको धम्की दिने कार्य आफ्नो कुकर्म, अनियमितता र भ्रष्टाचार लुकाउने मुडेबलबाहेक केही हुन सक्दैन ।
”विज्ञप्तिमा भनिएको छ, “अझ सार्वजनिक पद धारण गरेका व्यक्तिबाट यस्ता हर्कत हुनु अपराध नै हो ।
यो कुनै पनि हालतमा क्षम्य हुन सक्दैन । प्रेस जगतलाई धाक, धम्की र त्रास देखाएर आफ्ना गलत र गैरकानुनी क्रियाकलाप ढोकछोप गर्ने प्रवृत्तिविरुद्ध हामी जस्तोसुकै मूल्य चुकाउन तयार छौँ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रेस चौतारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्