रत्नपार्कमा चित्र नष्ट गर्नु अग्रपङ्क्तिको अपमान : कांग्रेस
नेपाली कांग्रेसले महामारीमा अग्रपङ्क्तिमा काम गर्नेहरुको कदर गर्दै सम्मान गर्नुपर्ने जनाएको छ ।
कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले अग्रपङ्क्तिमा कार्यरत स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, सञ्चारकर्मी तथा शव व्यवस्थापनमा खटिएकाहरुको सामूहिक चित्र दुई साता अगाडि यहाँको एक पर्खालमा निर्माण गर्नुभएको थियो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर निर्माण गरिएको उक्त चित्रलाई नष्ट गरिनुबाट कला र कलाकारको समेत अपमान भएको बताउनुभएको छ । “अनेकौं समाचारको भिडमा महानगरलाई यो सामान्य लागेको हुनसक्छ ।
लिखित अनुमति लिएर, अग्रमोर्चामा जुधिरहेकाको सम्मानमा चित्र बनाउँदा बधाइ होइन अपमान गरिनु सभ्य र सुसंस्कृत समाज अनुरुपको ब्यवहार किमार्थ हुन सक्दैन” उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
काठमाडौको अनेक स्थानमा थुिप्रीएका फोहोरले होइन त्यो चित्रले शहरको सौन्दर्यमा असर गरेको थियो भन्ने प्रश्न गर्दै प्रवक्ता शर्माले यस्तो आवेगयुक्त र अपमानजनक ब्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित उल्लेख गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #रत्नपार्कमा चित्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्