सार्वजनिक यातायातले लिन थाले तोकेभन्दा बढी भाडा
कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको दुई महिनापछि खुलेका सार्वजनिक यातायातले तोकेभन्दा बढी भाडा लिन थालेका छन् । यातायात व्यवस्था विभागको वेबसाइटमा पछिल्लो भाडा बढेको मिति २०७५ साल असोज ७ गते उल्लेख छ । तीन वर्षअघि समायोजन गरिएको भाडा सूचीअनुसार चार किलोमिटरसम्मको दर रु १४ उल्लेख छ । त्यसपछि भाडा बढेको छैन ।
गत वर्ष बन्दाबन्दीपछि कोरोना महामारीबाट बच्न सरकारले सिट क्षमताको आधामात्र यात्रु राखेर ५० प्रतिशत बढी भाडा लिन पाउने निर्णय गरेको थियो । यस वर्ष दुईमहिने निषेधाज्ञापछि असार १५ गतेदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात खुला गर्दा यस्तो निर्णय भएको तर सार्वजनिक यातायातका परिचालकले डिजेलको भाउ बढेको भन्दै रु १४ न्यूनतम् भाडाको स्थानमा रु २५ असुल गर्न थालेका छन् ।
आफूखुशी रु ११ भाडा बढाएर लिएको यात्रु मङ्गलबहादुर तामाङले गुनासो गर्नुभयो । गौशालाबाट रत्नपार्क झर्दा रु १४ भाडा लिनुपर्नेमा बढेको छ भन्दै रु २५ लिएको उहाँले सुनाउनुभयो । यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रि«य महासङ्घले भाडा बढाउन सरकारसँग माग गरेको थियो ।
तीन वर्षअघि डिजेलको मूल्य रु १०१ हुँदा भाडा समायोजन भएको थियो । यसअघि तेलको भाउ घट्दा सार्वजनिक यातायातको भाडा घटेको छैन । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य भने विसं २०६९ देखि सार्वजनिक यातायातको भाडा समायोजन नभएको दाबी गर्नुहुन्छ । महासङ्घको मागअनुसार विभागका महानिर्देशकले भाडा समायोजन हुनुपर्ने निर्णय गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रीकामा पेश भएको छ ।
सरकारले समायोजन नगरे व्यवसायीले गरेको गृहकार्यका आधारमा महासङ्घले बढेको घोषणा गर्ने अध्यक्ष कर्माचार्य बताउनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सार्वजनिक यातायात
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्