इभेन्टद्वारा ४३ हजार युवालाई तालिम
काठमाडौँ, । वेरोजगार युवालाई स्वरोजगार बनाउन सञ्चालन गरिएको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना–दोस्रो (इभेन्ट) अन्तर्गत अहिलेसम्म ४३ हजार युवाले तालिम लिएका छन् ।
विपन्न, महिला, पिछडिएका समुदायका वेरोजागर युवालाई भौचरमा आधारित छोटो र लामो अबधिका ४३ हजार ८२३ जनालाई तालिम दिइएको हो ।
पाँच वर्षको अवधिमा भौचरमा आधारित ६९ हजार पाँच सय युवालाई तालिम दिने लक्ष्य लिएकोमा हालसम्म ४३ हजार ८२३ जनाले तालिम पूरा गरेको परियोजना निर्देशक चन्द्रकान्त भुषालले जानकारी दिनुभयो । उहाँले कोभिड १९ का कारण तालिम प्रभावित भएको बताउनुभयो ।
चौथो वर्ष २० हजारलाई तालिम उपलब्ध गराउने जनाएको छ ।
अहिले विश्व बैंकको ६ अर्ब आर्थिक सहयोगमा इभेन्ट परियोजनाको दोस्रो चरण सेप्टेम्बर २०१७ देखि २०२२ सम्म वेरोजगार युवालाई छोटो तथा लामो अवधिका तालिम दिइने छ ।
शिक्षा पत्रकार सञ्चालको आयोजनामा भएको कार्यक्रममा परियोजना निर्देशक भुषालले कोभिड–१९का कारण यो वर्षको तालिम शुरु हुन नसकेको बताए ।
परियोजना अन्तर्गत हाउस वायरिङ, वल्डिङ, डकर्मी, सिलाईकटाई, ब्युटिपार्लर, पलम्बिङ् लगायतका ४० प्रकारका तालिम दिइएको छ । टेक्निकल एसएलसी (टीएसएलसी)का विद्यार्थीलाई जनही ५० हजार रुपियाँ र डिप्लोमाका विद्यार्थीलाई जनही डेढ लाख रुपियाँ उपलब्ध गराउने गरिएको छ ।
पहिलो वर्ष र दोस्रो वर्षमा रोजगारी दर सरदर ७५ प्रतिशत रहेको परियोजनाले जनाएको छ ।
परियोजनाले तीन महिनाको तालिम र क्रमिक छ महिना रोजगारीको अवधि निर्धारण गरेको छ । निर्देशक भुसालले वेरोजगार युवालाई स्वरोजगार बनाउनकालागि तालिम दिइएको बताउनुभयो ।
उहाँले नेपालमा सफल देखिएपछि विश्व बैङ्कले भौचरमा आधारित छोटो अवधिको तालिमलाई अन्य मुलुकमा पनि प्रयोगमा ल्याएको जानकारी दिनुभयो ।
क्याटेगोरी : विशेष, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्