नेपाल–चीन रेलमार्ग : सगरमाथा क्षेत्र हुँदै सञ्चालन गर्न सुझाव
काठमाण्डौ । प्रस्तावित नेपाल–चीन रेलमार्गको बारेमा अध्ययन गरेको प्राविधिक टोलीले सगरमाथा क्षेत्र हुँदै नेपाल–चीन रेलमार्ग सञ्चालन गर्न सुझाव दिएको छ । नेपालका लागि प्रतिक्षित रेलमार्गको परियोजनामा संलग्न एक इन्जिनियरले सगरमाथा क्षेत्र हुँदै भूमिगत सुरूङ निर्माण गरेर नेपालमा रेल लैजान सुझाव दिएको चीनबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।
प्रस्तावित रेल मार्ग विभिन्न संरक्षित वन्यजन्तुको बासस्थान रहेको क्षेत्र हो । तर त्यो भाग नेपालतर्फ भने नपर्ने खबरमा उल्लेख छ । रेलमार्ग निर्माणको लागि आठ बिलियन अमेरिकी डलर लागत लाग्ने बताइएको छ । रेलवे स्टान्डर्ड डिजाइनमा गएको बुधबार प्रकाशित अध्ययन प्रतिवेदनका अनुसार रेलमार्गको ३० किलोमिटर दुरी सगरमाथा क्षेत्र हुँदै जानेछ ।
सगरमाथा क्षेत्रमा भने रेलमार्ग पूर्णरुपमा जमिनमुनि हुने जनाइएको छ । दुई देशको सीमा क्षेत्रमा विस्तार गरिने एक हजार किलोमिटरसम्मको रेल मार्गका लागि ६ रुट प्रस्ताव गरिएको छ । प्रस्तावित रुटमध्ये सगरमाथा क्षेत्र हुँदै रेलमार्ग लैजाने विषयमा बहस केन्द्रित भएको जनाइएको छ ।
अरु मार्ग निकै लामो, खर्चिलो र भौगोलिक रुपमा कठिन हुने बताइएको छ । सगरमाथा क्षेत्र हुँदै जाने रेलमार्गले नेपालको काठमाण्डौबाट सीमावर्ती सहर गैरुङ हुँदै तिब्बतको रिकाजे सहरलाई जोड्छ । चीन र नेपालबीच दुई देशलाई जोड्ने रेल मार्ग बनाउने सम्बन्धी सन्धिमा सन् २०१६ मा हस्ताक्षर भएको थियो । यो रेलमार्ग चीनको बेल्ट एण्ड रोड इनिसियटिभ अन्तर्गतको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाल–चीन रेलमार्ग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्