प्रदेश सांसद श्रेष्ठसँग युवासघं काठमाडौंको भेटघाट
असार १२, काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल काठमाडौंले नेकपा एमालेका बागमती प्रदेशका सांसद प्रकाश श्रेष्ठसँग भेट गरेको छ ।
उक्त भेटबार्तामा काठमाडौं जिल्लाका युवाहरूको राजनितीक, स्वरोजगार एवं आर्थिक उन्नतिको साथै समसामायिक विषयमा छलफल भएको छ । उक्त भेटमा राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटीका सदस्य एवं काठमाडौं जिल्ला इन्चार्ज शिव कुमार महर्जन, सचिवालय सदस्य एवं काठमाडौं जिल्ला अध्यक्ष सन्तोष अर्याल, केन्द्रिय सदस्य एवं नेकपा एमाले महानगर कमिटीका सदस्य निसार उद्दिन, केन्द्रिय सदस्य राजेश गजुरेल, नेकपा एमाले महानगर कमिटीका सदस्य लक्ष्मण शाही,महानगर कमिटीका सदस्य उद्दव खड्गी लगायतको उपस्तिथी रहेको थियो ।
नेकपा एमाले महानगर कमिटीका सदस्य निसार उद्दिनले आजका युवाहरूलाई राजनीतिकका साथै आर्थिक पातोमा पनि जोडाउदै लानु पर्ने बताउनु भयो । राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य एवं काठमाडौं जिल्ला अध्यक्ष सन्तोष अर्यालले अब काठमाडौं युवाहरुलाई अरु युवा संगठन भन्दा फरक रूपमा अगाडि बढाउने बताउनु भयो।
काठमाडौंका युवाहरुलाई अहिलेको पसरस्थितिमा राजनिती मात्र नभइ उध्यमशिल तालिम एवं आफूँग भएको सिपलाई उजागर गरेर हरेक युवाहरुलाइ आर्थिक पाटोमा दह्रो संग टेकाएर अगाडि बढ्ने बताउनु भयो।
राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटी सदस्य एवं काठमाडौं जिल्ला इन्चार्ज शिव कुमार महर्जनले अब राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीमा यस विषयमा ध्यानाकर्षण गराउनुका साथै काठमाडौंका युवाहरुको लागि बागमती प्रदेश सरकारबाट पनि आर्थिक पाटो बलियो बनाउने कार्यक्रम ल्याउन सहयोगको लागि नेकपा एमालेका बागमती प्रदेशका सांसद प्रकाश श्रेष्ठलाई अनुरोध गर्नु भयो ।
अन्तमा नेकपा एमालेका बागमती प्रदेशका सांसदप्रकाश श्रेष्ठले राष्ट्रिय युवा संघ नेपालले गरिएको कार्य सर्हानिय रहेको र काठमाडौं युवाहरुको आर्थिक र स्वरोजगार कार्यक्रमको लागि प्रदेश सरकारसम्म यो कुरा आफु मार्फत पुर्याउने प्रतिबद्धता जनाउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #युवासघं काठमाडौं
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्