नाट्यकर्मी महासंघद्धारा खोपको माग
नेपालभरिको नाट्यकर्मीहरुको छाता संस्था नाट्यकर्मी महासंघले देशका नाट्यकर्मीहरुका लागि खोपको व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गरेको छ ।
महासंघका अध्यक्ष राजेन्द्र रिमालका अनुसार स्वास्थ्य हरेक नागरिकको संविधानप्रदत्त मौलिक हक हो, अतः विश्वव्यापी महामारीका रुपमा आएको कोभिडको विरुद्ध लगाईने खोप नेपाली नाट्यकर्मीहरुलाई पनि प्राथमिकताका साथ उपलब्ध गराईदिन जोडदार माग गरिएको छ ।
महासंघले नेपाली नाट्यकर्मीहरुले हरेक विपतमा राज्यलाई सहयोग गर्दै आईरहेको र अहिले कोभिड प्रभावित क्षेत्रमा अक्सिजन सिलिन्डर, मास्क, पिपिई, स्यानिटाईजर लगायत खाद्यान्न समेत स्वतस्फूर्त रुपमा उपलब्ध गराएको र भर्खरै गएको बाढीपहिरो पीडितहरुलाई पनि आवश्यक सहयोग पु¥याउँदै आएको स्मरण गराएको छ ।
त्यस्तै कोभिड १९ का कारण बन्द गरिएका नाट्यशालाहरुलाई अन्य क्षेत्रहरुलाई जस्तै स्वास्थ्य सावधानी अपनाएर सञ्चालन अनुमति प्रदान गर्न समेत माग गरिएको छ । महासंघले भनेको छ – पेशागत रुपमै नाटकमा आबद्ध नाट्यकर्मीहरुको विगत लामो समयदेखि पेशा खोसिएर बस्नु परेको छ जसले जीवनयापनमा नै कठिनाई उत्पन्न भएको छ ।
अतः नाट्यशालाहरु खोलेर नाट्यकर्मीहरुको जीवन सहज बनाउन समेत माग गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नाट्यकर्मी महासंघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्