मनाङ्ग ङिस्याङमा खाद्यान्न अभाव
मनाङ्ग । अविरल वर्षासँगै आएको बाढीले गर्दा ङिस्याङमा खाद्यान्न अभाव भएको छ । बाढी पहिराले सडक अवरुद्ध भएकाले माथिल्लो मनाङ ङिस्याङमा आपूर्ति हुन नसक्दा खाद्यान्न अभाव भएको छ ।
जिल्लामा होटेल व्यवसाय चल्ने हुँदा होटेलहरुले केही मात्रामा भण्डारण गरे पनि निरन्तर सामग्री आपूर्ति गर्न नसक्दा विपद्को समयमा खाद्यान्न अभाव भएको स्थानीयवासी विनोद गुरुङले जानकारी दिनुभयो । पर्यटकीय क्षेत्र भएकाले जिल्लामा भण्डारण कम र दैनिक ढुवानी हुने हुँदा होटेल व्यवसायीले खाद्यान्न भण्डारण गर्ने गरेकाले अहिले समस्या परेको गुरुङले बताउनुभयो ।
बाढीपहिराले जिल्लाका एक गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था छैन । त्यसैले खाद्य सामग्री अभाव हुँदै गएको बताइएको छ । मस्र्याङ्दी नदीमा बाढीको सतह कम हुने अवस्था छैन । वर्षा हालसम्म पनि निरन्तर रहेकाले माथिल्लो मनाङमा बाढीको प्रभाव देखिन थालेको स्थानीयवासी बताउँछन् । बाढीपहिरो जिल्लाका प्रायः सडक अवरुद्ध छन् ।
अवरुद्ध सडक खुलाउने प्रयास गरिए पनि सफल हुन नसकेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।
जिल्लामा केही मात्रामा खाद्यवस्तु भण्डारण रहेको उहाँले बताउनुभयो । “सडक अवरुद्ध हुँदा केही भण्डारमा रहेको खाद्यसामग्री अभाव भएको स्थानमा पु¥याउन सकिएको छैन”, उहाँले भन्नुभयो ।
विगतमा दैनिक रुपमा खाद्यसामग्री ल्याउन सहज हुँदा र भण्डारण नगरिँदा अहिले समस्या सिर्जना भएको हो । कोरोना कहरले गर्दा खाद्यान्न ढुवानीसमेत कम भएकाले हाल अभाव भएको स्थानीयवासीको भनाइ छ ।
भविष्यमा हुन सक्ने सम्भाव्यतालाई दृष्टिगत गर्दै भण्डारण नगर्दा विपद्मा समस्या भएको उनीहरुको भनाइ छ ।
एक ठाउँबाट अर्को ठाउँमा पुग्नका लागि पैदल यात्राबाट पुग्ने अवस्था नभएर हेलिकप्टरको सहारामा मात्रै सामग्री आदानप्रदान र पुग्न सक्ने अवस्था रहेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मनाङ्ग ङिस्याङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्