काठमाडौँ महानगरपालिकाको पूर्वाधारका लागि दश अर्ब बजेट
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट प्रस्ताव गरेको छ । महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले बिहीबार नगरसभाको नवौँ अधिवेशनमा आगामी आवका लागि बजेट प्रस्तुत गर्नुभएको हो ।
समग्रमा महानगरपालिकाले आगामी आव २०७८÷७९ का लागि रु १८ अर्व ९५ करोड ७७ लाख १२ हजारको बजेट प्रस्ताव गरेको छ । प्रस्तुत बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु तीन अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ रु ५५ करोड, सामाजिक विकासतर्फ रु दुई अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ रु १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ रु एक अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।
त्यसैगरी आगामी आवमा महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा ५० प्रतिशत शुल्क ब्यहोर्ने प्रस्तुत बजेटमा भनिएको छ । यसैगरी ज्येष्ठ नागरिक विशिष्टीकृत सेवासहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट विनियोजन गरेको छ । सम्पत्ति करमा ९० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । कामपाको क्षेत्रभित्र होटेल, रेष्टुरेन्ट, पसल जस्ता व्यवसायले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्वसाधारणका लागिसमेत निःशुल्क सेवा उपलब्ध गराएमा व्यवसाय करमा ५० प्रतिशत छुट दिने पनि घोषणा गरिएको छ ।
कामपाको यही असार ६ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । चालु आवका लागि कामपाले रु १५ अर्ब ५० करोडको बजेट ल्याएको थियो । चालु आवमा जस्तै आगामी आवमा पनि कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धन जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ ।
‘मेयर उज्यालो कार्यक्रमअन्तर्गत कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्रत्येक वडामा कम्तीमा एउटा सार्वजनिक शौचालय, प्रत्येक वडामा एक नमूना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा पार्क, ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्यलगायत सेवा सुविधालाई पनि बजेटमा समावेश गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँं महानगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्