विपक्षी पाँच दलको सन्देशः आवश्यक परे जनपरिचालन
काठमाडौं, ११ असार । विपक्षी गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलले प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधि स्वेच्छाचारी, अलोकतान्त्रिक र संविधानविपरीत रहेको भन्दै त्यसविरुद्ध आवश्यक परे जनपरिचालनमा जाने बताएका छन् ।
विपक्षी गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह तथा राष्ट्रिय जनमोर्चाले आन्दोलनबाट प्राप्त उपलब्धि र देशको राष्ट्रियताको रक्षाका लागि आवश्यक परे जनपरिचालनसम्म जानुपर्ने अवस्था रहेको बताएको हो ।
विपक्षी गठबन्धनमा आबद्ध शीर्ष नेताले बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सम्पादकहरूसँगको अन्तत्र्रिmयामा प्रधानमन्त्री ओलीका निरंकुश कदमविरुद्ध र प्राप्त उपलब्धिको रक्षाका लागि दीर्घकालीन र सैद्धान्तिक आधारसहित गठबन्धन बनाइएको समेत बताए ।
अन्तक्र्रियालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले लामो र कठोर संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न आवश्यक परे जनपरिचालनको दिशातर्फ अघि बढ्ने उद्घोष गरे ।
‘संविधान सभाले निर्माण गरी जारी नेपालको संविधान प्रधानमन्त्री केपी ओलीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णय र कामका कारण संकटमा छ,’ देउवाले भने, ‘प्राप्त उपलब्धिको रक्षा गर्ने संकल्पका साथ हामीहरू राजनीतिक र कानुनी संघर्षका विविध कार्यक्रमका साथ क्रियाशील छौं, आवश्यक परे जनपरिचालनको दिशातर्फसमेत अगाडि बढ्नेछौं ।’
उनले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोबाट मध्यरातमा असंवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेकोसमेत बताए ।
असंवैधानिक रूपमा दुई÷दुईपटक प्रतिनिधि सभाको विघटन गर्ने, अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकायलगायतका राज्य संयन्त्रहरूमाथि नियन्त्रण गर्ने काम सरकारको नेतृत्व गरेका प्रधानमन्त्रीबाट भएको भन्दै देउवाले चुनौती पार गरेर सहज संवैधानिक र राजनीतिक प्रक्रियामा अग्रसर हुन मुलुकमा नवीन संघर्ष जारी रहेको बताए । राजधानी दैनिकले खबर छापेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विपक्षी पाँच दल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्