खाँदबारी नगरपालिकाद्वारा ६५ करोडको बजेट प्रस्तुत
भर्चुअल माध्यमबाट खाँदबारीको नगरसभा ( फोटो फिचर )
खाँदबारी नगरपालिकाको नवौ नगरसभाले आगामी आर्थिक वर्षका लागि ६५ करोडको अनुमानित बजेट प्रस्तुत गरेको छ । खाँदबारीका नगर प्रमुख मुरारीप्रसाद खतिवडाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम कोभिड १९ का कारण भर्चुअल माध्यमबाट सार्बजनिक गर्नुभयो ।
भर्चुअल माध्यमबाट गरिएको नवौँ नगरसभामा मेयर खतिवडाले आर्थिक वर्ष २०७८/०७९ लागि रु ६५ करोडको १५ लाख ७२ हजार ८ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । कोरोना संक्रमणका कारण एकै ठाउँमा भेला हुने अवस्था नभएपछि भर्चुअल माध्यमबाट नगरसभा गर्नु परेको नगरप्रमुख खतिवडाले जानकारी दिनुभयो।

पर्यटन प्रवद्र्धन, भौतिक पूर्वाधार निर्माण, आधुनिक कृषि, व्यावसायिक पशुपालन, गरिबी निवारण, नदी नियन्त्रण र आयआर्जनका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, खेलकूद लगायतलाई बजेटमा स्थान दिइएको छ । कृषि क्षेत्रमा थोपा सिचाई र लिफ्ट सिचाईलाई प्राथमिकता दिने, सुलभ मुल्यमा फलफुलका विरुवा वितरा गर्ने, उन्नत जातका पशुपालनका लागि श्रोत केन्द्र स्थापना गर्ने, व्यवसायिक खेतीलाई अनुदानको सहयोग गर्ने आदि योजना सार्वजनिक गरिएको छ ।
खाँदबारी नगरपालिकाको तुम्लिङ्टारबाट सेकाहा हुदै त्यहाँबाट प्याराग्लाईडिङ गरी चेवावेसी र चेवाबेसीबाट अरुण नदीमा र्याफ्टिङ गराउने लक्ष राखिएको छ । पर्यटकलाई मनोरञ्जन दिलाउन नीजि क्षेत्रसंग सहकार्य गर्ने, मनकामना धामको गुरुयोजना तयार गर्ने प्रमुख खतिवडाले बताउनुभयो ।
खाँदबारीले कोभिडको महामारीलाई ध्यानमा राखेर भर्चुवल बिधिको प्रयोग गरेर निति तथा कार्यक्रम ल्याएको हो । वडाध्यक्ष, सदस्य र कार्यपालिकाका सदस्यहरुले वडामै बसेर नगरको कार्यलयमा गरिएको निति तथा कार्यक्रममा सहभागी भएका थिए ।
संखुवासभाका अन्य ९ वटा स्थानीय तहले पनि बिहीबार निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

नगरसभामा नीति तथा बजेट कार्यक्रम प्रस्तुत गर्नु हुँदै नगर प्रमुख खतिवडाले आयतर्फ वित्तीय समानीकरणमा १७ करोड ८५ लाख, शसर्त अनुदानमा एकमुष्ट ३२ करोड रहेको बताउनुभयो । प्रदेशबाट समानीकरणमा १ करोड ६ लाख, प्रदेश राजश्व बाडफाडमा ९८ लाख र आन्तरिक आम्दानीबाट ५ करोड आय हुने अनुमान खाँदबारी नगरपालिकाले गरेको छ ।

क्याटेगोरी :
विशेष,
समाचार,
स्थानीय
ट्याग : #खाँदबारी नगरपालिका, #खाँदबारीको बजेट, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्