आन्तरिक हवाइ उडान असार १७ देखि सुरु हुने
काठमाडौँ । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै वैशाखदेखि बन्द भएको आन्तरिक हवाइ उडान असार १७ देखि सुरु हुने भएको छ।
मन्त्रिपरिषदको निर्णयअनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १७ देखि आन्तरिक उडान खोल्ने निर्णय गरेका हुन्।
कूल उडान संख्यामध्ये पचास प्रतिशतसम्ममात्र उडान गर्नेगरी अनुमति दिइने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो ।
जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुनेगरी उडान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्षको लकडाउनपछि उडान खुल्दा जारी गरिएका मापदण्डकै पालना गराइने उहाँको भनाइ छ ।
एयरलाइन्सहरु आफैले पनि सुरक्षित उडानका लागि तयारी गरिरहेको र सरकारी नियममा पनि कडाइ गरिने प्राधिकरणले जानकारी दिएको छ ।
साविककै उडान तालिकाको पचास प्रतिशत उडान स्वीकृत गर्ने वा एयरलाइन्सहरुसँग नयाँ आवदेन माग गर्ने भनेर प्राधिकरणले निर्णय गरेको छैन ।
सिमित अन्तर्राष्ट्रिय उडान भने गन्तव्य हेरि भोलिदेखि नै सुरु हुने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #आन्तरिक हवाइ उडान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्