Techie IT
बुधबार, साउन २७,२०८३

खाँदबारीको चेवाबेशीमा विकास बेल्जियम र अरुण भ्याली इन्जिनीयरीङ्गद्धारा राहत वितरण


संखुवासभा – खाँदबारी नगरपालिका –२ चेवाबेशीमा विपन्न परिवारलाई राहत वितरण गरिएको छ । विकास बेल्जियम संस्था, अरुण भ्याली इन्जिनीयरीङ्ग तथा रिसर्च प्रालि र जितेन्द्र थापाले खाँदबारी –२ चेवाका विपन्न ४७ घर परिवारलाई राहत वितरण गरेका हुन् ।

कोेरोनाका कारण रोजगार गुमाएका तथा विपन्न परिवार र कोरोनाका प्रभावित ४७ परिवारलाई राहत वितरण गरिएको अरुण भ्याली प्रवन्धनिर्देशक ईसाक राईले जानकारी दिए । वडा नम्बर २ का अरुण उपत्यका टोल, खोरिया टोल र भद्रकाली टोलका ४७ विपन्न परिवारलाई राहत वितरण गरेको अरुण भ्यालीका प्रवन्धनिर्देशक राईले बताए । कोरोना भाइरस संक्रमण भएर सिल गरिएको तीन वटा टोलका विपन्न परिवारलाई राहत हस्तान्तरण गरिएको २ नम्बर वडाका वडाध्यक्ष ज्ञानबहादुर श्रेष्ठले जानकारी गराए ।

प्रत्येक परिवारलाई १ बोरा चामल, १ किलो दाल, १ प्याकेट तेल, १ किलो नुन र एक पिस हात धुने साबुन वितरण गरेको उनले बताए । कोरोना संक्रमित संख्या धेरै भएको र नियन्त्रणका लागि वडा नम्बर २ ले गत जेठ २५ गते बाट असार ८ गते सम्म शिल गरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्