मेलम्ची नगरपालिकाका प्रमुखको गाडी तोडफोड
पीडितका पक्षमा प्रभावकारी ढङ्गले काम नगरेको आरोप
मेलम्ची नगरपालिकाका प्रमुख डम्बर प्रसाद अर्याल चढ्ने नगरपालिकाको गाडी तोडफोड भएको छ । मेलम्ची बाढीपीडितहरुले पीडितका पक्षमा प्रभावकारी ढङ्गले काम नगरेको भन्दै पीडितहरुले मेयर सवार गाडी तोडफोड गरेका हुन् ।
नगरपालिकाको स्वामित्वमा रहेको बा २ झ १६५० नम्बरको स्र्कापिर्यो पीडितले तोडफोड गरेका हुन् । मेलम्ची बाढीपीडित युवा धर्म दुलाललाई करेन्ट लागेर मृत्यु भएकाे विषयमा मेयर अर्यालले कुनै पनि प्रभावकारी भूमिका नखेलेको भन्दै पीडितले उनि सवार गाडी फुटाएको बताइएको छ ।
मेलम्ची बाढीले भुइँमा ढलेको बिजुलीको तारमा विद्युत प्रवाह गरेका कारण मेलम्चीका एक बाढीपीडित युवाको निधन भएको थियो । सो विषयमा मेयर अर्याल जिम्मेवार नदेखिएपछि गाडीलाई तोडफोड गरेको पीडितहरुले जनाएका छन् । यस विषयमा इलाका प्रहरी चौकीले अनुसन्धान गरिरहेको छ ।साभार : गोरखापत्र अनलाइन
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मेलम्ची नगरपालिकाका प्रमुखको गाडी तोडफोड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्