Techie IT
बुधबार, साउन २७,२०८३

बालाजुमा बस र मोटरसाइकल ठोकिँदा तारकेश्वर बस्ने लक्ष्मीको मृत्यु


काठमाडौँको बालाजुमा बस र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठोकिँदा मोटरसाइकलमा सवार गोरखा भीमसेन गाउँपालिका–७ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने २४ वर्षीय लक्ष्मी परियारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते परियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय सिताराम परियारको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

बसको ठक्करबाट मोटरसाइकलका चालक गोरखा जिल्ला शहिद लखन गाउँपालीका ७ का ३४ बर्षिया सिताराम परियार सामान्य घाइते भएका छन् । मृतक परियारका आफन्त रोशन परियारका अनुसार उनी आफ्नी आमालाई गाउँ पठाउनका लागी बसमा चढाएर फर्किने क्रममा सोहि बसले परियार चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

अहिले घटनाको मुचुल्का तयार पारी शवलाई टिचिङ अस्पतालमा पोष्टमार्टमका लागी लैजाने तयारी भैरहेको छ । दुर्घटना लगत्तै बस र चालक धादिङ निलकण्ड नगरपालीका ३ का पुर्णहरी खत्री प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मृतकको आफन्तले प्रहरी चौकी उजुरी दिएपछि घटनाका बिषयमा थप अनुसन्धान गरिने प्रहरी निरीक्षक थापाले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #बालाजुमा बस र मोटरसाइकल ठोकिँदा


तपाईको कमेन्ट लेख्नुहोस्